एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण यथावत रहेको महासचिव गुरुङको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण यथावत रहेको  महासचिव गुरुङको भनाइ

काठमाडौं - नेकपा एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण यथावत रहेको  नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन् ।

आइतबार माओवादी घटक दलहरुले गरेको संयुक्त कार्यक्रममा महासचिव गुरुङले अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एमालेको असहयोगका कारण रोकिएको बताए ।

सरकारले सर्वोच्च अदालतको आदेश अनुसार सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संसदमा दर्ता गरेको तर एमालेको असहयोगले रोकिएको उनको दाबी छ ।

गुरुङले उता सदनमा विधेयक अड्काउने र अर्कोतर्फ द्वन्द्वकालीन मुद्दालाई फौजदारी मुद्दा सरह नियमित अदालतमा लैजाने प्रवृत्ति देखिएको बताए । संक्रमणकालीन न्यायका विषयलाई फौजदारी मुद्दासरह व्यवहार गर्नु बृहत शान्ति सम्झौता र संवैधानिक मान्यता विपरीत हुने उनको जिकिर छ ।