बस दुर्घटना मृत्‍यु हुनेको संख्या ६ पुग्‍यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
बस दुर्घटना मृत्‍यु हुनेको संख्या ६ पुग्‍यो

सिन्धुली - सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।

 दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन।  घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ ।