सबै क्रान्तिकारीहरू एकताबद्ध भए कसैको तागतले नभ्याउँने विप्लवको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
सबै क्रान्तिकारीहरू एकताबद्ध भए कसैको तागतले नभ्याउँने विप्लवको भनाइ

काठमाडौँ -  सबै क्रान्तिकारी कम्युनिस्टहरू एकताबद्ध भए आगाको ज्वालाले सबै खरानी हुने नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन् ।

माओवादी धारको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै विप्लवले देशभक्त र क्रान्तिकारीहरू एक जुट भएमा कसैको तागतले नभ्याउने बताए । 

‘अहिले जे देखिएका छन् । यो क्रान्तिको अपूर्णताले भएको हो । राज्यलाई नयाँ आधारमा पुनर्संगठित गर्न आवश्यक छ ’ विप्लवले भने, ‘यो राज्य नेपाली जनताको भइसकेको छैन । हामीले बनाउन खोज्दै थियौँ । साम्राज्यवादीका लठैतहरुले  लिएर गए ।’ सङ्क्रमणकालीन मुद्दा प्रचण्डको मात्रै नभएर सम्पूर्ण परिवर्तन पक्षधरको समेत भएको विप्लवले बताए । देशको सम्पूर्ण स्वामित्व नेपाली जनताको हातमा आयो कि आएन भन्ने विषयमा सबैले हेक्का राख्नुपर्ने विप्लवले बताए ।  ‘अहिलेको परिवर्तनलाई उल्ट्याएर २०४७ सालतिर लग्न खोजिँदै छ । यो स्वीकार हुँदैन । बरु अझ अघि बढेर वैज्ञानिक समाजवाद निर्माणमा लाग्नुपर्छ ’ विप्लवले भने ।