नेपाललाई युक्रेन बनाउन खोजेको समाजवादी पार्टीका अध्यक्ष बुढाकाे टिप्पणी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
नेपाललाई युक्रेन बनाउन खोजेको समाजवादी पार्टीका अध्यक्ष बुढाकाे टिप्पणी

काठमाडौँ - नेपाललाई युक्रेन बनाउन खोजेको नेकपा माओवादी समाजवादी पार्टीका अध्यक्ष कर्णजीत बुढाले टिप्पणी गरेका छन् ।

माओवादी धारको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै बुढाले संक्रमणलीन मुद्दा नियमित अदालत मार्फत लगेर युक्रेन बनाउन खोजेको बताए ।

‘द्वन्द्वको भूमरीमा धकेल्ने जुन षड्यन्त्र भई रहेको छ । ती षड्यन्त्रप्रति नौ दल ज्याहद छेड्न तयार भएर आएका छौं’ बुढाले भने, ‘विस्तृत शान्ति सम्झौतामा मुद्दा व्यवस्थापन गर्न टिआरसीलाई दिएपछि नियमित अदालतको विषय बनाइनु हुँदैन । नदुखेको कपाल डोरी लगाएर दुखाएमा आफैलाई दुख्छ ।’ 

यदि जनयुद्धकालीन मुद्दा नियमित अदालतमा लगेमा एकै दिन ५० हजार मुद्दा प¥यो भने अदालतले के गर्छ भन्दै बुढाले प्रश्न गरे । ‘यो देशको गणतन्त्र सहरमा बस्ने कांग्रेस एमालेले ल्याएको होइन । हामी माओवादीले जंगलबाट लडेर आएका हौं । यसको रक्षा गर्न हामी सबै माओवादी मिल्नुको विकल्प छैन’ बुढाले भने ।