कङ्गोमा १९ जनाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२६ दिन अगाडि
कङ्गोमा १९ जनाको मृत्यु

बेनी - गए राति प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । 

उत्तरी किभुको पूर्वी प्रान्तस्थित किरिन्द्रा गाउँमा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका गभर्नर कार्ली न्जान्जुले आज पत्रकारलाई बताएका हुन् ।  

एलाइड डेमोक्रेटिक फोर्सका विद्रोहीले स्वास्थ्य केन्द्रसहित गाउँका धेरै भवनमा आगजनी गरेका छन् । 

दशकौँदेखि बेनी क्षेत्रमा सक्रिय उक्त समूहले नागरिकलाई लक्ष्य गर्दै बारम्बार आक्रमण गर्दै आएका छन् ।