काठमाडौंँ- चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ । रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् ।
रोमान्टिक डान्सिङ शैलीमा तयार गरिएको गीतको अभिनेता आकाश श्रेष्ठ, पुष्प बहादुर खड्का, जीवन गिरीको साथमा मोडल सकि इटानीको अभिनय छ ।
भिडियोमा मोडल सकिको भिडियोको अन्त्यमा अभिनेता जीवन गिरीसँगको प्रेम सम्बन्ध देखाइएको छ ।
शिव विककाे निर्देशनमा तयार गीतकाे भिडियाेमा रोशन भुसालको छायांकन रहेको छ भने भिडियोकाे संपादन मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो मोडल सकिको अफिसियल यू-ट्युव च्यानल सकि इटानी मार्फत सार्वजनिक भएको हो ।