निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४८ दिन अगाडि
निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

काठमाडौँ - निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिदाई गरिएको छ ।

 नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रमसँगै भण्डारीलाई बिदाइ गरिएको हो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।