रामचन्द्रले लिए राष्ट्रपति पदको शपथ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४८ दिन अगाडि
रामचन्द्रले लिए राष्ट्रपति पदको शपथ

काठमाडौँ -नवनर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहमा पौडेलले शपथ लिएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन् । 

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति लगायतको उपस्थिति थियो । 

पौडेलले शपथ लिएसँगै विद्या भण्डारी निवर्तमान राष्ट्रपति बनेकी छिन् ।