काठमाडाै - राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले नव–निर्वाचित कार्यसमितिको पदस्थापन गरेको छ ।
८ औं केन्द्रीय महाधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूको राजधानीमा एक कार्यक्रमकाबीच पदस्थापन गरिएको हो । प्रतिष्ठानको २२ औं स्थापना दिवस तथा लोकदोहोरी दिवसको अवसर पारेर पदस्थापन कार्यक्रमको आयोजना गरिएको थियो । फागुन १२–१४ गतेसम्म धादिङमा भएको महाधिवेशनबाट गायिका रीता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । प्रतिष्ठानको दुई दशक लामो इतिहासमा उनी पहिलो महिला अध्यक्ष बनेकी हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्मा पनि निर्विरोध निर्वाचित भएका थिए । महाधिवेशनले आगामी ३ वर्षको लागि ७५ जनाको कार्यसमिति निर्वाचित गरेको थियो ।