काठमाडौं - राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखमा सचिव रामप्रसाद थपलियाले जिम्मेवारी पाएका छन् ।
सोमबार तथ्याङ्क कार्यालयको प्रमुखका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले जिम्मेवारी सम्हालेका हुन्।
तथ्याङ्क ऐन २०७९ को कार्यान्वयनसँगै केन्द्रीय तथ्याङ्क विभागबाट ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’रूपान्तरण भएको निकाय राष्ट्रिय योजना आयोग मातहतबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत पुर्याइएको थियो।
तथ्याङ्क ऐन २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐन अनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था छ ।