‘कतै म हराएँकी’ गीतको भिडियो रिलिज (भिडियो)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४४ दिन अगाडि
‘कतै म हराएँकी’  गीतको भिडियो रिलिज  (भिडियो)

काठमाडौं -गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको ‘कतै म हराएँकी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

विष्णु भण्डारीकाे  शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र  मोडल तथा नायक उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।  वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसको कोरियोग्राफी राजिव समरले गरेका हुन् । युवा उद्यमीसमेत रहेका मोडल उमेशको यो डेब्यु निर्देशन हो ।   सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिगं रहेको आशमान मोसन पिक्चर्सबाट बजारमा आएको हो । उमेशका आधा दर्जन भिडियो आउने क्रममा रहेका छन् ।