आज पनि हिमाली भू-भागहरूमा चट्याङसहित हल्का वर्षा हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४७ दिन अगाडि
आज पनि हिमाली भू-भागहरूमा चट्याङसहित हल्का वर्षा हुने

काठमाडौँ - हाल देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। 

देशका  पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका एक-दुई स्थानमा समेत  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

भोलि बुधबार कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहिबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।