चीनमा विदेशी नागरिकलाई भिसा जारी गर्न सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२४ दिन अगाडि
चीनमा विदेशी नागरिकलाई भिसा जारी गर्न सुरु

एजेन्सी - बुधबारदेखि चीनमा विदेशी नागरिकलाई भिसा जारी गर्न सुरु गरिनेछ । 

कोरोना महामारी सुरु भएदेखि नै चीनमा लगाइएको प्रतिबन्धलाई हटाउने क्रममा यसलाई ठुलो निर्णय मानिएको छ । चीनको परराष्ट्र मन्त्रालयले मार्च २०२० भन्दा अघि जारी गरिएका यस्तो भिसा जुन अहिलेसम्म वैध छन्, त्यसमार्फत पनि विदेशी नागरिकलाई चीन आउने अनुमति दिइने बताइएको छ । 

महामारी सुरु हुनु अघिको वर्षमा ६० करोड विदेशी नागरिकले चीन भ्रमण गरेका थिए । विश्वभर यात्रा प्रतिबन्ध हटाइएपछि पनि चीनले प्रतिबन्धहरू कायम राखेको थियो । गत वर्षसम्म चीनमा कडा प्रतिबन्धहरू लागू थिए । लकडाउन र अन्य प्रतिबन्धका लागि मानिसहरूले सडकमा उत्रिएर आफ्नो रोष व्यक्त गरेका थिए ।