शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लब ३ अंक बटुल्नबाट चुके

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४७ दिन अगाडि
शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लब ३ अंक बटुल्नबाट चुके

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा मनिष डाँगीले पेनाल्टीमा गोल गर्न नसक्दा संकटा क्लब ३ अंक बटुल्नबाट चुकेको छ ।

सोमबार एन्फा कम्प्लेक्समा भएको चर्च ब्वाइज युनाइटेडसँगको खेलको दोस्रो हाफको इन्जुरी समयमा संकटाले पेनाल्टी पाएको थियो । गोलरहित बराबरीमा चलिरहेको खेलमा पाएको पेनाल्टीमा मनिषले गोल गर्न सकेनन् ।

मनिषको प्रहार रोक्दै चर्च ब्वाइजका गोलरक्षक प्रिसोले टिमका लागि १ अंक जोगाए । अहिलेसम्म पराजित रहेको चर्च ब्वाइजले लिगमा यसअघि नेपाल पुलिस क्लब, हिमालयन शेर्पा र एफसी खुमलटारलाई हराएको थियो ।