गठबन्धनमा सबै दलहरूमा गिभ एण्ड टेक हुने शेखर कोइरालाकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४६ दिन अगाडि
गठबन्धनमा सबै दलहरूमा गिभ एण्ड टेक हुने शेखर कोइरालाकाे भनाइ

काठमाडौँ - वर्तमान नेतृत्वको सरकार ढाल्ने खेलमा नलाग्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालेर बीचैमा आफ्नो नेतृत्वको सरकार बनाउने खेलमा कांग्रेस नलाग्ने बताए । 

विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने कोइरालाको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत दिने तयारी छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवामा गठबन्धन सरकारमा भागबण्डा मिलाउन कला रहेको उनले बताए ।

‘गठबन्धनमा भागबण्डा मिलाउने कला हाम्रो सभापतिजीमा पनि  छ। त्यही भएर अहिलेसम्म टिकिराख्नुभएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीजीमा पनि त्यो कला छ। कलाले गर्दा नै हुने न हो। सबै दलहरूमा गिभ एण्ड टेक हुन्छ।’