चैत्र ३ गतेका लागि तोकिएको स्ववियू निर्वाचन मध्यपश्चिम विश्वविद्यालयमा स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४६ दिन अगाडि
चैत्र ३ गतेका लागि तोकिएको स्ववियू निर्वाचन मध्यपश्चिम विश्वविद्यालयमा स्थगित

सुर्खेत - मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चैत्र ३ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएको छ ।

मंगलबार विश्वविद्यालय अन्तर्गतको (मुसोम) का विद्यार्थीले मतदानबाट  वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। 

उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म  स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । चैत्र ८ गते दुबै पक्षलाइ ऊच्च अदालत सुर्खेतमा ऊपस्थित हुनु आदेश जारि गरेको छ।

 ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालका विरुद्ध उच्चद अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतका सुचना अधिकारी सराेजनीधि वाग्लेले चैत ८ गतेसम्मका लागि अल्पकालीन आदेश जारी गरेको राताेपाटीलाई जानकारी दिए।