काठमाडौँ - विभिन्न छ प्रदेशका प्रमुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाललाई भेट गर्न ६ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले भेट गरेका हुन् ।