दुई जना पाइलटलाई अनिश्चितकालका लागि निलम्बित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४६ दिन अगाडि
दुई जना पाइलटलाई अनिश्चितकालका लागि निलम्बित

काठमाडौँ - दुई जना पाइलटलाई अनिश्चितकालका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ ।

खराब मौसमका बाबजुद पनि दृश्यात्मक उडान (भीएफआर) मा बादलभित्र उडान गरेको भन्दै प्राधिकरणले पाइलटद्वयलाई निलम्बन गरेको हो । 

तर, घटनामा प्रयोग भएको जहाज र कारबाहीमा परेका पाइलटहरुको सूचना भने प्राधिकरणले गोप्य राखेको छ । प्रवक्ता जगन्नाथ निरौलाले कम्पनीको साख र व्यवसायलाई ध्यानमा राख्दै यस्तो सूचना गोप्य राखिएको प्राधिकरणका बताए । 

उनले घटना ४–५ महिना अघिको भएपनि सुरक्षा संवेदनशीलतालाई हेरेर घटनामा संलग्न पाइललाई कारबाही गरिएको बताए । कारबाहीमा पर्ने पाइलटहरुले चित्तबुझ्दो जवाफ पेश गरे निलम्बन फुकुवा हुने समेत निरौलाले बताए । 

तत्कालका लागि पाइलट द्वयलाई निलम्बन गरी घटनाको छानबिन प्रक्रिया बढाइएको उनको भनाइ छ ।