चैत्र ६ गते संसदमा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४६ दिन अगाडि
चैत्र ६ गते संसदमा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

 काठमाडाै‌ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्रीले चैत्र ६ गते विश्वासको मत लिने व्यवस्थाको लागि संघीय संसद् सचिवालयलाई आग्रह गरेको स्रोतले जानकारी दियो । प्रधानमन्त्रीले पत्र पठाएरै विश्वासको मतको लागि आग्रह गर्ने तयारी गरेका छन् ।  ५ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी गराइने भएको छ । सत्तासाझेदार नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि प्रचण्डले साढे २ महिनाको बीचमा दोस्रो पटक संसदमा विश्वासको मतको लागि प्रयास गर्न लागेका हुन् । राष्ट्रपति निर्वाचनमा प्रचण्डले समीकरण बदलेपछि राप्रपाले फागुन १३ गते समर्थन फिर्ता गरेको थियो । सोही दिनलाई आधार मानेर ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता छ । प्रचण्डले गत पुस २६ गते विश्वासको मत लिएका थिए । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले चैत्र ६ या ७ गते प्रधानमन्त्रीले विश्वासको कत लिने र त्यसपछि कांग्रेस सरकारमा सहभागी हुने बताए ।