माओवादी निकट शिक्षक संघको अध्यक्षमा शंकर अधिकारी चयन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४६ दिन अगाडि
माओवादी निकट शिक्षक संघको अध्यक्षमा शंकर अधिकारी चयन

काठमाडौँ - नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संघको केन्द्रीय अध्यक्षमा शंकर अधिकारी चयन भएका छन् ।

सङ्गठनको छैठौ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा अधिकारीलाई अध्यक्ष बनाएको हो । 

अधिकारी २०७४ सालदेखि अध्यक्ष हुँदै आएका थिए । पुन छैठौ अधिवेशनबाट पुनः उनलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएको हो । शिक्षक सङ्गठनको अध्यक्षमा अधिकारीलाई चयन गर्दै २१ पदाधिकारी बनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा मानबहादुर पाण्डेसहित ९ जना उपाध्यक्ष बनाएको छ । महासचिवमा कुलप्रसाद खतिवडा, उपमहासचिव र सचिव ५/५ जनालाई बनाएको छ । अर्थ उपमहासचिव गणेश रिजाल भएका छन् । माओवादी निकट शिक्षक सङ्गठनको कुल पदाधिकारी २१ जना बनाएको छ ।