काठमाडौं -आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको युनाइटेड अरब इमिरेट्स (यूएई)का ओपनर आर्यन लक्रालाई नेपालका ललित राजवंशीले पभेलियनको दिशा देखाए ।
लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई आज जित्नैपर्ने दबाब छ । अहिले तालिकाको चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अंक जोडेको छ । जुन तेस्रो स्थानको नामिबियाभन्दा एक अंक कम हो । नामिबियाले ३६ खेलबाट ३९ अंक जोडेको छ ।