आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेलिरहेको छ। घरेलु टोली नेपाल सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहन्छ।

नेपाल युएईसँग पराजित भए वा अंक बाँड्नुपर्ने अवस्था आएमा नेपालको सोझै विश्वकप खेल्ने सपना अधुरो रहनेछ।
यस्तोमा नामिबिया शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा स्थान बनाउने छ। नेपालले भने यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।
सिरिजको पहिलो खेलमा यूएईलाई हराएको नेपाल उच्च मनोबलमा मैदान उत्रिएको छ । घरेलु समर्थकको अथाह साथ पाएको नेपाली टोली जितको लागि मैदान उत्रिएको छ। यूएईसँगको खेलसँगै नेपालले लिग २ को यात्रा पनि सकाउनेछ। [फोटो स्रोत : क्यान ]






