एमालेसँगको अस्वाभाविक गठबन्धनबाट माओवादी मुक्त-नेता निधि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
एमालेसँगको अस्वाभाविक गठबन्धनबाट माओवादी मुक्त-नेता निधि

काठमाडाैं -नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको अस्वाभाविक गठबन्धनबाट नेकपा माओवादी केन्द्र मुक्त भएको बताए।

बिहीबार बिहान कांग्रेस ललितपुर नगर समितिले मंगलबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन । नेता निधिले बाहिर जतिसुकै आलोचना भए पनि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर परिपक्व निर्णय गरेको बताए ।

गत मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचनपछि गठबन्धनकारी दलबीचको असहमतिका कारण कांग्रेसजनमा निराशा छाएको भएपनि विश्वासको मत दिएपछि कोर्ष करेक्सन भएको उनको भनाइ थियो । गठबन्धनकारी दलहरूबीच राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको नाममा सर्वसम्मत भएको उल्लेख गर्दै नेता निधिले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री दाहालले विश्वासको मत लिएकाे उनले बताए। सरकारले विश्वासको मत पाएपछि कांग्रेस सरकारमा जाने समेत उनले बताए। सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार सरकार पाँच वर्षसम्म कायम रहने उनकाे तर्क छ ।