प्रधानमन्त्री दाहालको आधिकारिक ट्विटर ह्याकरको कब्जामा पुगेको आशंका

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
प्रधानमन्त्री दाहालको आधिकारिक ट्विटर ह्याकरको कब्जामा पुगेको आशंका

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्विटर ह्याकरको कब्जामा पुगेको आशंका गरिएको छ । 

आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ । 

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले उक्त ट्विटर ह्यान्डलमा समस्या देखिएको र प्राविधिक टोलीले हेरिरहेको जानकारी दिएका छन् । 

ह्यक भएको हो कि के हो प्राविधिक विश्लेषणपछि थाहा हुने शर्माको भनाइ छ ।