ककपिटमा कफी पिएको आरोपमा दुई पाइलटलाई हटाइयो ड्युटीबाट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२२ दिन अगाडि
ककपिटमा कफी पिएको आरोपमा दुई पाइलटलाई हटाइयो ड्युटीबाट

एजेन्सी - ककपिटमा ककपिटमा कफी र मिठाई खाएको आरोपमा आफ्ना दुई पाइलटलाई एयरलाइन्स कम्पनी स्पाइसजेटले ड्युटीबाट हटाएको छ ।

स्पाइसजेटको विमानको तस्बिर सोसल मिडियामा भाइरल भएपछि यो घटना बाहिर आएको हो, जसमा कप कन्ट्रोल प्यानलमा देखिन्छ ।

मिडिया रिपोर्टमा बताइए अनुसार त्यति बेला विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो । यो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा आक्रोशको स्थिति छ । एयरलाइन्सलाई चेतावनी दिन नियामक निकायसँग जनताको माग छ ।

स्पाइसजेटले बुधवार यस विषयमा अनुसन्धान गरिरहेको र तस्बिर क्लिक गर्ने पाइलटलाई ड्युटीबाट हटाइएको बताएको छ ।

कम्पनीका प्रवक्ताले द टाइम्स अफ इन्डिया अखबारसँगको कुराकानीमा अनुसन्धान पूरा भएपछि उपयुक्त अनुसन्धानात्मक कारबाही गरिने जानकारी दिए ।