३५ देशका ९५ फिल्म प्रदर्शन गरीने निफ आजदेखि काठमाडौंमा सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
३५ देशका ९५ फिल्म प्रदर्शन गरीने निफ आजदेखि  काठमाडौंमा सुरु

काठमाडाै‌‍ -छैटौँ संस्करणको ‘नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीवारदेखि काठमाडौंमा सुरु हुदै  छ ।

६ गतेसम्म चल्ने महोत्सवको  दिउँसो ३ बजे सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम छ ।  आयोजकले बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइसकेको छ । 

निफका अध्यक्ष केपी पाठकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउँदै संसारभरका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट वञ्चित नहुन कला अनुरागीहरुलाई आग्रह गरे । महोत्सवमा ५५ देशबाट आएका ५ सय बढी चलचित्रमध्येबाट ३५ देशका ९५ चलचित्र​ प्रतियोगिताका लागि छनोट गरिएको छ । ति प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित अत्याधुनिक हलहरुमा हुनेछ ।