चैत ८ मा बागमती प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
 चैत ८ मा बागमती प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिने

हेटौंडा - चैत ८ मा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने भएका छन्।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको जानकारी दिएका छन् ।

केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदलेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् ।