सभामुख घिमिरेले बुझे सरकारी निवासको चाबी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
सभामुख घिमिरेले बुझे सरकारी निवासको चाबी

काठमाडौं - सरकारी निवासको चाबी सभामुख देवराज घिमिरेले बुझेका छन् ।

सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बुधबार सरकारी निवासको चाबी लिइएको हो ।

सभामुखका लागि बालुवाटारमा सरकारी निवास खाली भइसकेको छ । सभामुखका लागि तोकिएको सरकारी निवासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्दै आएका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा पदबाट हटेपछि अध्यक्ष तिमिल्सिना सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा सरेका थिए । त्यसपछि सभामुख भएका अग्नि सापकोटालाई लैनचौरस्थित अर्को सरकारी निवासमा राखिएको थियो ।

सभामुख घिमिरेले भने लैनचौरस्थित निवासमा बस्न चाहेनन्, बालुवाटारमै बस्ने चाहना राखे । तर, राष्ट्रिय सभाका अध्यक्षका लागि अर्को ठाउँको व्यवस्थापन नभएपछि बालुवाटारमै मुख्य सचिवका लागि तयार निवास सभामुखका लागि दिइएको हो ।

घिमिरे सभामुखमा गत माघ ५ गते निर्वाचित भएका थिए ।