काठमाडौँ - मञ्जु अन्सारीलाई जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले प्रतिनिधि सभा सदस्य बनाउने भएको छ ।
प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उनलाई पार्टीले सांसद बनाउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गर्न लागिएको जानकारी दिएका छन् ।
उनले बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको बताएका छन् । उनी सप्तरी निवासी हुन् ।
जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मञ्जु मुस्लिम क्लस्टरको दोस्रो स्थानमा रहेकी थिइन् ।