चैत ९ गते त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
चैत ९ गते त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन हुने

काठमाडौँ - आगामी चैत ९ गते राजधानीको त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ ।

त्रिचन्द्र बहुमुखी क्याम्पस निर्वाचन समितिले चैत ९ गते निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

जसअनुसार आज बिहीबार मतदाता नामावली प्रकाशन गर्ने, चैत ३ गते मतदाता नामावली उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, ४ गते मनोनयन पत्र वितरण गर्ने र सोही दिन उम्मेदवारी दर्ता कार्यतालिका रहेको छ । 

यसै प्रक्रिया पुरा भएपछि चैत ९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जानकारी दिए । यसअघि त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरुबीच आपसी विवादका कारण उम्मेदवारी दर्ता हुन सकेको थिएन ।