भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा दुर्घटना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२२ दिन अगाडि
भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा दुर्घटना

एजेन्सी - भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा बिहीबार दुर्घटना भएको छ ।

समाचार एजेन्सी एएनआईले सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । स्रोतका अनुसार हेलिकप्टर मण्डला हिल्स क्षेत्रमा दुर्घटना भएको हो ।

होलिकोप्टरमा  लेफ्टिनेन्ट कर्णेल र मेजर स्तरका अधिकारी सवार थिए । खोजी अभियान चलिरहेको छ । हेलिकप्टर बोमदियालबाट उडेको सेनाले जनाएको छ । बिहान करिब साढे ९ बजे हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क टुटेको थियो ।