युइएविरुद्ध शानदार जित निकाल्दै नेपालको विश्वकपको यात्रा सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
युइएविरुद्ध शानदार जित निकाल्दै नेपालको विश्वकपको यात्रा सुरु

काठमाडौँ - आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । 

युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले २ रनले जित हात पारेको हो ।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६७ रन आवश्यक थियो ।

यद्यपि, खेल खेलाउन अँध्यारो भएका कारण खेल रोकिएपछि खेल डकवर्थ लुइस प्रणालीमा पुगेको छ । जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।