काठमाडौं- गायक राजेश पायल राई र गायिका सबिना योङहाङको आवाजमा नयाँ गीत ‘हाम्रो मैवाखेला, प्यारो मैवाखोला’ सार्वजनिक गरिएको छ ।
ताप्लेजुङ जिल्लाको मैवाखोला गाउपालिकाको परिचय बोल्ने गीत रचनाकार बुद्धिमान परियारले तयार पारेका हुन् । ताप्लेजुङको रमणीय गाउँपालिका मैवाखोलाको प्राकृतिक सौन्दर्यता तथा भौगोलिक वस्तुस्थिती गीतको प्रमुख विषय बनाइएको छ ।
गीतमा भिषण राईको संगीत, नर्बु शेर्पाको एरेन्ज तथा मुस्कान मुकारुङको मिक्सिङ र मास्टरिङ सुन्न सकिन्छ ।
हाल गीतलाई लिप्सिङ भिडियोमा मात्र सार्वजनिक गरिएको छ । यद्यपि दर्शकस्रोताको उत्कृष्ट प्रतिक्रियाले निकट भविष्यमा नै यसको म्युजिक भिडियो पनि तयार गरिने गीतकार
परियारले जानकारी दिए । नन्दकुमार फागो चोङ्बाङ्को लगानीमा तयार गरिएको यो गीत गायक शम्भूराईको अफिसियल यू–ट्युब च्यानलमा हेर्न सकिन्छ ।