एजेन्सी - अमेरिकन फेसन स्टाइलिस्ट ल रोचले रिटायर हुने घोषणा गरेका छन् । फेसन डिजाइनरकाे दुनियाँमा काम गर्दा विभिन्न मानसिक समस्या झेल्नु परेकाे भन्दै उनले समाजिक सञ्जाल इन्स्टाग्राममा यस्ताे बताएका हुन् ।
यद्यपि उनले फेसन दुनियाँमार्फत 'शार्क वेभ'हरू पठाउँदै फेसनले मानसिक स्वास्थ्य र कल्याणको बारेमा पनि कुराकानी गरेका छन्।
फेसन स्टाइलिस्ट ल रोच जाे, अमेरिकन अभेनित्री जेन्डियाका कारण चर्चामा आएका थिए । रोचले तयार गरेका पहिरन जतिबेला अभेनित्री जेन्डिया लगाएकी थिइन् त्यसपछि उनी एकाएक चर्चामा आएका थिए ।
जेन्डियाले मात्र नभएर ल राेचले तयार गरेका पहिरन फेसनकाे दुनियाँमा क्यानेडिएन गायिका सेलिन डियोन, टेलर-जॉयदेखि प्रियंका चोपडा-जोनाससम्मले लगाइसकेका छन् ।
ल राेज जसले आफ्नाे फेसन डिजाइनकै माध्यमबाट अभिनेत्री जेन्डियालाई डिज्नी च्यानल बाट रेड कार्पेट आइकनमा उचाल्न मद्दत गरेका थिए ।
फेसन डिजाइनको माध्यमबाट आफ्ना ग्राहकहरूलाई 'भिन्टेज कउचर'का साथै बोल्ड अनि स्ट्रक्चर्ड गाउनहरूमा सेलेब्रिटीहरुलाई अघि सार्न उनि माहिर डिजाइनरमा पर्दछन् । विभिन्न रेड कार्पेट शाेहरुमा सबैभन्दा धेरै खोजिने सेलिब्रेटी स्टाइलिस्टहरूमध्ये एक बनेका छन् राेज ।
तस्वीरमा हेराैं ल रोचका केहि फेसन डिजाइन र रेड कार्पेट शाे







