प्रधानमन्त्री दाहालले उपराष्ट्रपति पदको गरे मतदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
प्रधानमन्त्री दाहालले उपराष्ट्रपति पदको गरे मतदान

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर प्रचण्डले मतदान गरेका हुन् । 

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान जारी छ । निर्वाचनअन्तर्गत बिहान १२:१५ बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ । 

निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।