उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीसहित छ सय बढीले गरे मतदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीसहित छ सय बढीले गरे मतदान

 काठमाडौं -संघीय संसद नयाँ बानेश्वरमा सुरू भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान १२ बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ।

 सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३ सय ९२ मत खसेको हो।  उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान  सुरू भएको हो। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। सङ्घीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ।