काठमाडौँ - हाल देशभर आंशिकदेखि सामान्य बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो । अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन्। उनका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ।
आज काठमाडौँमा दिउँसो १-२ बजेपछि हल्का वर्षाको सम्भावना रहेको कँडेलको भनाइ छ। तर, लामो समयसम्म र ठुलो पानी नपर्ने उनले जानकारी दिइन् । आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उनले बताइन्। उनले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठुलै असर भने नगर्ने उनले स्पष्ट पारिन्।