चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त सम्पन्न

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४१ दिन अगाडि
चलचित्र  ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल  ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त सम्पन्न

काठमाडौं- चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण हुन लागेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ । 

शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै निर्माण टिमले शुभमुहूर्त सम्पन्न गरेकाे हाे । 

आगामी दशैंको फूलपातीमा प्रदर्शन मिति घोषणा गरिएकाे चलचित्रको मुहूर्त कार्यक्रममा लेखक, निर्देशकदेखि कलाकारहरूकाे समेत उपस्थिति रहेकाे थियाे । निर्देशक दीपेन्द्र के. खनालको निर्देशन रहने चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल लगायतको अभिनय रहनेछ ।

निर्देशक लामिछाने यस चलचित्रमा लेखक एवं निर्माताका रुपमा पनि रहेकाछन् ।

टुकी आर्टस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रको छायाँकन केही दिनपछि सुरु हुँने निर्माण टिमले जानकारी दिएकाे छ। निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन रहने चलचित्रमा कृष्ण भारद्वाज र सुभाष भुषालको संगीत रहनेछ ।