उपराष्ट्रपति मेरो अनुकूल हुने देख्दैछु– अष्टलक्ष्मी शाक्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४४ दिन अगाडि
उपराष्ट्रपति मेरो अनुकूल हुने देख्दैछु– अष्टलक्ष्मी शाक्य

काठमाडौं -उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गर्ने बताएकी छन् ।

संसद भवन नयाँबानेश्वरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै शाक्यले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ, त्यसमा हामी श्रेष्ठता कायम गर्नेछौं ।’ उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको उनले बताइन् । राष्ट्रपतिमा अनुकूल भएन, बरु यो अनुकूल देख्दैछु’, उनले भनिन् । संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने लेखिए पनि उपराष्ट्रपति महिला नै हुनुपर्ने उनले बताइन् ।