काठमाडौँ - उपराष्ट्रपति पदको निर्वाचनमा नेकपा (एमाले) एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट अध्यक्ष ओलीले मतदान गरेका हुन् ।
उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । निर्वाचनमा जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झाले दिएका उम्मेदवारी छन् । यस्तै एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।