हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४४ दिन अगाडि
हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत

गुल्मी- हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत मिलेको छ ।

गुल्मीलगायत छिमेकी जिल्लाहरुमा शुक्रबार दिउँसो केही बेर परेको पानीका कारण किसानलाई रातह मिलेको हो । हिउँदको समयमा पानी नपर्दा किसानहरुलाई समस्या पर्ने गरेको थियो । तर यो समयमा परेको पानीले मकै छर्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ । गत असोज महिनामा परेको पानी त्यसयता हिउँदको समयमा परेको थिएन । पानी परेसँगै किसानहरुले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफुल अन्य वालीलाई राहत मिलेको छ ।  यसवर्ष हिउँदमा लामो समयसम्म खडेरीका कारण खेतवारीहरु खाली रहेका छन् ।किसानले हिउँदे वालीका रुपमा तोरी, गहुँ, केराउ, मसुरो, फापर जस्ता खेती गर्ने गर्दर्थे ।हिँउदको समयमा पानी नपर्दा किसानहरुले लगायको बेमौसी तथा मौसमी तरकारी, फलफूल लगायतका वालीहरु पनि सुक्दै जान थालेका थिए । वर्षात नहुँदा पानीका मुहानहरु समेत सुक्ने तथा घट्दै जान थालेका थिए ।पानी नपर्दा जिल्लाका ग्रामीण भेगमा रहेका कच्ची सड्कहरुमा हिड्ने तथा सडक छेउमा रहेका घरहरुलाई धुलोले समस्या परेको थियो ।