उपराष्ट्रपतिमा जसपाका नेता रामसहायप्रसाद यादव निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४४ दिन अगाडि
उपराष्ट्रपतिमा जसपाका नेता रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौँ  - जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्।

निर्वाचन आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसद तर्फ- १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन्। उनले कुल ३० हजार ३२८ मतभार पाएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए। यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छैन।