मार्च २६ देखि ३१ तारिखसम्म ब्राजिलका राष्ट्रपतिले चीनकाे भ्रमण गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२१ दिन अगाडि
मार्च २६ देखि ३१ तारिखसम्म ब्राजिलका राष्ट्रपतिले चीनकाे भ्रमण गर्ने

बेइजिङ - चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा संघीय गणतन्त्र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यही मार्च २६ देखि ३१ तारिखसम्म चीनको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले यस बारे शुक्रबार जनाकारी दिएकी हुन् । भ्रमणको विस्तृत विवरण र तालिका भने सार्वजनिक हुन बाँकी छ।