काठमाडौँमा साफस इन्टरनेशनल एन्डोक्राइन सम्मेलन सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४० दिन अगाडि
काठमाडौँमा साफस इन्टरनेशनल एन्डोक्राइन सम्मेलन सुरु

काठमाडौँ - काठमाडौँमा आजदेखि साफिस इन्टरनेशल इन्डोक्राइन सम्मेलन सुरु भएको छ ।

यही चैत ३  र ४ गते सञ्चालन हुने सम्मेलनमा दक्षिण एसियाली राष्ट्रहरूका  विज्ञहरूको सहभागिता जनाएका छन् । अन्तर्राष्ट्रिय सम्मेलनमा मधुमेह, थाइराइड, मोटोपना तथा हर्मोनसँग सम्बन्धी रोगको अनुसन्धानमूलक कार्यपत्रहरू पेश गरिने डाइविटिज नेपालका अध्यक्ष वरिष्ठ इन्ठडोक्रिनोलोजिष्ट डाक्टर दिना श्रेष्ठले जानकारी दिइन् ।सम्मेलनमा विज्ञहरूद्वारा दक्षिण एसियाली मोटोपनासम्बन्धी काठमाडौँ घोषणापत्र जारी गरिने उनले बताइन् ।

मधुमेहले दक्षिण एसिया अछुत नरहेको भन्दै उनले मधुमेह भएका व्यक्तिलाई मात्रै नभई उसको परिवार र समाजलाई पनि मानसिक तथा आर्थिक रूपमा नकारात्मक प्रभाव पारेको बताइन् ।मधुमेहले पर्ने नकारात्मक प्रभावलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्बोधन गर्न जरुरी रहेको उनले बताइन् । मधुमेहको उपचार चिकित्सक बिरामी तथा परिवार सबै मिलेर समस्याको समाधान गर्नु आवश्यक रहेको उनले बताइन् । यस्तै, कार्यक्रममा मह जोडी कृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत वृत्तचित्र मधुमेह भाग २ प्रिमियर शो समेत गरिएको थियो ।