जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई १-० ले पराजित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४४ दिन अगाडि
जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई १-० ले पराजित

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको छ ।

शुक्रबारको ललितपुरे डर्बीमा विदेशी खेलाडी एनकोटो मासोबीको गोलमा जावलाखेलले ३ अंक जोडेको हो ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा मासोबीले १५औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यस सिजन उत्कृष्ट सुरुवात गरेको जावलाखेलको यो तेस्रव जित हो ।

५ खेलबाट ३ जित एक बराबरी र १ हारबाट १० अंक जोडेको जावलाखेल तेस्रो स्थानमा उक्लेको छ । दोस्रो हार बेहोरेको थ्री स्टार ५ खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ ।