आज अदालतमा पाकिस्तानका पूर्वप्रधानमन्त्री खान हाजिर हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२० दिन अगाडि
आज अदालतमा पाकिस्तानका पूर्वप्रधानमन्त्री खान हाजिर  हुँदै

पाकिस्तान - आज अदालतमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान हाजिर हुने भएका छन्।

तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानत वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् । 

अदालतले उनलाई  १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए । जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ। अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ। 

उपहार पाएको सामग्री गैर कानुनी रूपमा बिक्री गरेको तथा महिला न्यायधीश माथि गैर न्यायिक टिप्पणी गरेको अभियोग उनीमाथि छ । गत साता उनलाई पक्राउ गर्ने प्रयास भए पछि उनका समर्थकहरूले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जर्नौ घाइते भएका थिए ।