शीतलनिवासमा राष्ट्रपतिद्वारा चियापान कार्यक्रमको आयोजना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४४ दिन अगाडि
शीतलनिवासमा राष्ट्रपतिद्वारा चियापान कार्यक्रमको आयोजना

काठमाडौँ  - शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसदहरूका लागि चियापान कार्यक्रमको आयोजना गरेका छन्। 

शनिबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा चियापान कार्यक्रमको आयोजना गरिएको हो। 

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना सहभागी छन्। 

यस्तै नेपाली कांग्रेस, नेकपा एमाले लगायत विभिन्न दलका सांसदको उपस्थिति थियो। राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले सांसदहरूलाई चियापान कार्यक्रममा बोलाएका हुन्। उनी फागुन २५ गते निर्वाचित भएका थिए।