ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास लिने घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४४ दिन अगाडि
ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास लिने घोषणा

काठमाडौं - ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

लुकासले ३६ वर्षको उमेरमा मुटुको समस्यापछि फुटबलबाट सन्यास घोषणा गरेका हुन् । लिभरपुलका पूर्व खेलाडी लुकासको स्वास्थ्य परिक्षण गराउदा उनलाई मुटुको समस्या देखिएको थियो ।

बाल्यकालको क्लब ग्रेमियोमा अनुबन्धित उनले सामाजिक संजालबाट सन्यास घोषणा गरेका हुन् । लुकास २००७ मा ग्रेमियाबाट लिभरपुल आएका थिए ।  लिभरपुलमा १० सिजन बिताउदा उनले ३ सय ४६ खेल खेलेका थिए ।

लिभरपुल छाडेर उनी २०१७ मा इटालियन क्लब लाजियोमा अनुबन्धित भएका थिए । ब्राजिलका लागि उनले २४ खेल खेलेका थिए ।