राप्रपाद्वारा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
राप्रपाद्वारा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

काठमाडौँ  - बुद्धिमान तामाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको उपनेता चयन गरेको छ। 

शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता बनाउने निर्णय गरेको हो। तामाङलाई दल उपनेता चयन गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।

तामाङ राप्रपा उपाध्यक्ष पनि हुन्। यस्तै स‌ंसदीय दल विधान पनि तयार पारेकोबारे बैठकमा जानकारी गराइएको छ। प्रधानमन्त्रीलाई विश्वासको मतबारे पछि बैठक बसेर निर्णय गरिने पनि प्रमुख सचेतक शाहीले बताए।