काठमाडाैं- काँग्रेस नेता नैनसिंह महरले कल्याणकारी राज्यब्यबस्था स्थापनाका लागि शिक्षा र स्वास्थ्य सर्वशुलभ र निशुल्क हनुपर्ने बताएका छन् ।
लामो समयदेखि " निशुल्क स्वास्थ्य ,शिक्षा र गुणस्तरिय यातायात र संचार संगै उद्यमशिलता सहितको रोजगार - जनताको अधिकार , काँग्रेसको सरकार " भन्ने ऐजेण्डा उठाउदै आएका नेता महरले नेपाल शिक्षक संघ डडेल्धुराको नवौं जिल्ला अधिवेशनको उदघाटन गर्दै ,नेपालको कुल वजेटको २०% बढी शिक्षाका लागि बिनीयोजन गर्नसके मात्र शिक्षालाई विश्ववजार संग प्रतिस्पर्धी बनाउन सकिने कुरा बताए ।
शिक्षकहरुको मर्यादित पेशा र विद्यार्थीका लागि जीवन उपयोगि शिक्षाको अवधारणा कार्यान्वयन गर्न सरकारले यथासक्य छिटो संघीय शिक्षा ऐन ल्याउनु पर्ने र शिक्षकको वर्गिय हितकालागि नीजामति सरहको सेवासुविधाको ब्यबस्था गर्नु पर्नेकुरामा जोडदिए ।
हाल देशभित्र स्वयम सेवक सहितका १९ प्रकारका शिक्षक रहेका र यसको उचित ब्यबस्थापन गर्न नसक्नु दुखद भएको भन्दै महरले देशभरका करिब ३३ हजार बिद्यालयमा कार्यरत ३ लाख २५ हजार बढी शिक्षकहरुको वर्गियहितका लागि नेपाली काँग्रेस प्रतिवद्ध रहेको पनि बताए ।